Wednesday 22nd July 2026

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक


रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो। युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ। यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ।

रुस युक्रेन माथि आक्रमण मानै सुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ भने यता कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ। त्यस्तै, युद्वको प्रभाव विश्व सुन चाँदीको कारोबारमा परेकाले सुन चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा नै बढेको छ। अन्तरराष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीवार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ। रुस र युक्रेनबीच युद्व नै शुरु भएकाले अन्तरराष्ट्रिय बजार सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताए। उनले पछिल्लो समय निरन्तररुपमा सुनको मस्लय घट्बढ भइरहेको तर एक्कासी रुसले युक्रेन दुई देशबीच द्धन्द्ध बढेसँगै सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए।

अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढ्दा सुनचाँदी जस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गरेको शाक्यको भनाई छ। नेपालमा अन्तर्राष्ट्रिय डरलको मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको जानकारी दिए। दुई देशबीचको युद्व कै कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै शाक्यको भनाइ छ।

विश्वका कुनै दुई देशबीचको युद्व, प्रकृति प्रकोप लगायत विश्व अर्थतन्त्रमा घट्ने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको शाक्यले बताए। विश्व अर्थतन्त्रमा नयाँ नयाँ चुनौती थपिदै गएकाले सुनको माग बढी आउने तथा युद्व चर्किदै गएको अवस्थामा सुनको मूल्य घट्ने भन्दा बढी अझ बढ्दै जाने सम्भावना रहेको बताए। नेपालमा सुनको मूल्य यति नै पुग्छ भन्ने अहिले नै आकलन गर्न सकिने अवस्था नभएको बताए।

शाक्यले तत्कालको अवस्था हेर्दा सुनको मूल्य घट्ने अवस्था नभएको र अझ रुस र युक्रेनको तनाव बढ्दै गए सुनको मूल्य घट्नेभन्दा बढ्ने देखिएको धारणा व्यक्त गरे। अध्यक्ष शाक्यले सुनको मूल्य मात्रै नभएर चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको बताउनु भयो। नेपालमा करिब डेढ वर्षअघि सुनको मूल्य ९९ हजार रुपैयाँसम्म पुगेको छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...