Saturday 15th August 2026

एमसीसी सम्झौता बिरुद्ध सर्वोच्च अदालतमा सुरेन्द्र भण्डारीद्वारा रिट पेस


सरकारले संसदमा टेबल गरेको एमसीसी  सम्झौता बिरुद्ध  सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्। तर उक्त रिट दर्ता भने भइसकेको छैन ।

सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्ने/नगर्ने जानकारी भोलि दिने भनेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए।  अनुसार रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकताविपरीत भएकोले त्यसलाई पारित गर्न सकिँदैन भन्ने जिकिर गरिएको छ।

सरकारले हिजो मात्रै सत्ता गठबन्धन आन्तरिक बिबादका बीच पनि एमसीसी सम्झौता संसदमा टेबल गरेको छ।  कांग्रेस खुलेरै समर्थनमा पास  लागि परेको छ।  माओबादी केन्द्र, एकीकृत समाजबादी र  रास्ट्रीय जनमोर्चा खुलेरै बिरोध जनाए पनि जसपा मौन रहेको छ। प्रमुख प्रतिपक्ष् नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गरेको  छैन ।

 


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...