Friday 11th September 2026

राष्ट्रकवि प्रति समर्पित कविता -अम्बिका अधिकारी


गौरीको महिमा छ लोकभरिमा सारै प्रिय मान्दछौँ
शोकै शोकमहाँ छ प्रस्तुति तर त्यै ज्ञान हो जान्दछौँ ।।

त्यस्तै अन्य सबै हरेक मनका बोल्छन् कुरा काव्यले
राम्रा उत्तम शिल्प साथ गुणले लेख्यौ सधैँ यत्नले ।।

आयु आफ्नो पूरा शताब्दिभरिको छाडी गएछौ कता
छौ हाम्रा नजिकै कि देखूँ म भनी हेर्दै छु यत्ता उता ।।

सिङ्गो राष्ट्र समान राष्ट्रकविको बन्दा छवि झल्झल
छैनौ आज समाजमा भनी बुझेँ पर्छु अझै अल्मल ।।

मेचीदेखि लिएर पश्चिमतट त्यो महाकाली पनि
पाई तिम्रो अमूल्य काव्यरचना बन्दै थियो झन् धनी ।।

तिम्रै गौरव तुल्य ठाडो अझ छ हिमाल उत्तरतिर
दक्षिणी समतुल्य फाँटहरुले खोज्छन् उचाली शिर ।।

घिमिरे थर गोत्र कश्यप तिमी नाम थियो माधव
हे राष्ट्रकवि यी पङ्क्ति दुईले श्रद्धाञ्जली अर्पण ।।

-अम्बिका अधिकारी
झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...