Friday 26th September 2025

राष्ट्रकवि प्रति समर्पित कविता -अम्बिका अधिकारी


गौरीको महिमा छ लोकभरिमा सारै प्रिय मान्दछौँ
शोकै शोकमहाँ छ प्रस्तुति तर त्यै ज्ञान हो जान्दछौँ ।।

त्यस्तै अन्य सबै हरेक मनका बोल्छन् कुरा काव्यले
राम्रा उत्तम शिल्प साथ गुणले लेख्यौ सधैँ यत्नले ।।

आयु आफ्नो पूरा शताब्दिभरिको छाडी गएछौ कता
छौ हाम्रा नजिकै कि देखूँ म भनी हेर्दै छु यत्ता उता ।।

सिङ्गो राष्ट्र समान राष्ट्रकविको बन्दा छवि झल्झल
छैनौ आज समाजमा भनी बुझेँ पर्छु अझै अल्मल ।।

मेचीदेखि लिएर पश्चिमतट त्यो महाकाली पनि
पाई तिम्रो अमूल्य काव्यरचना बन्दै थियो झन् धनी ।।

तिम्रै गौरव तुल्य ठाडो अझ छ हिमाल उत्तरतिर
दक्षिणी समतुल्य फाँटहरुले खोज्छन् उचाली शिर ।।

घिमिरे थर गोत्र कश्यप तिमी नाम थियो माधव
हे राष्ट्रकवि यी पङ्क्ति दुईले श्रद्धाञ्जली अर्पण ।।

-अम्बिका अधिकारी
झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...