Thursday 17th July 2025

पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै सामुहिक रूपमा ढुंगाले हानेर एक व्यक्तिको हत्या


पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।

एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको भन्ने हल्ला चलेपछि मघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएर उक्त व्यक्तिलाइ ढुंगा प्रहार गरि मारिएको हो । हत्या गरिसके लगत्तै केही समयपछि उक्त व्यक्तिको शव रुखमा झुन्डाइएको थियो ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो तर एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानमा कुरान निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना भने होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल 'राष्ट्रप्रेमी'को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको…

लन्डन: स्थानीय स्रोतहरूका अनुसार, गाजा पट्टीमा मिडियाकर्मीहरूलाई लक्षित गरी गरिएको पछिल्लो घातक वृद्धिमा आइतबार इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको…

प्रतिकृयाहरू
...