Wednesday 28th January 2026

म्यानमार सरकारद्वारा ८२१ बन्दीहरूलाई आम माफी


म्यानमारले कारागारमा रहेका ८२१ बन्दीहरूलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका बन्दीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात जना विदेशी छन् ।

म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आम माफीको घोषणा गरेको हो । म्यानमारमा थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि थप गरिएको छ ।

म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै सङ्कटकाल लगाएको हो । सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिए पनि सेना पछाडि हटेको छैन ।

त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनःनिर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ । अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र रुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् ।

सेनाले सत्ता कब्जा गरेपछि नै म्यानमारका जनता निरन्तर आन्दोलनमा छन् । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकार विरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...