Friday 24th July 2026

म्यानमार सरकारद्वारा ८२१ बन्दीहरूलाई आम माफी


म्यानमारले कारागारमा रहेका ८२१ बन्दीहरूलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका बन्दीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात जना विदेशी छन् ।

म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आम माफीको घोषणा गरेको हो । म्यानमारमा थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि थप गरिएको छ ।

म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै सङ्कटकाल लगाएको हो । सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिए पनि सेना पछाडि हटेको छैन ।

त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनःनिर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ । अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र रुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् ।

सेनाले सत्ता कब्जा गरेपछि नै म्यानमारका जनता निरन्तर आन्दोलनमा छन् । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकार विरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा…

प्रतिकृयाहरू
...