Saturday 17th January 2026

कुवेतको एक अपार्टमेन्टमा भएको आगलागीमा दुई नेपाली महिला गम्भीर घाइते


तीतोपाटी – कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घटनामा ४ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

शनिबार बिहान ७ बजे विद्युत सट भएर आगलागी भएको हो । आफ्ना महत्त्वपूर्ण सामान जोगाउन सकिन्छ कि भनेर पुनः फर्केर गएका ति दुई महिलालाई चारैतिर आगो र धुवाँले घेरेका कारण निस्किन नसकेपछि अन्तिम अवस्थामा अग्नि नियन्त्रकले उद्धार गरेका थिए ।

कुवेतस्थित नेपाली राजदूतावासका दित्तिय सचिव श्रीकृष्ण सिलवालले भने, ‘आगलागीका घाइतेको गम्भीर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ । अरू जानकारी लिने र घाइतेहरूलाई उपचारलगायतका कानुनी प्रकृयामा सहयोग गर्ने काम दूतावासले गरिरहेको छ ।’


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...