Sunday 16th November 2025

राष्ट्रसंघका २ जना विज्ञको हत्या अभियोगमा कंगोमा ५१ जनालाइ मृत्युदण्डको सजाय


प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए ।

सो क्रममा उनीहरूका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए । अपहरणको १६ दिनपछि उनीहरूको शव भेटिएको थियो । उनीहरूमध्ये क्याटालनको शिर छेदन गरिएको थियो ।

सो घटनापछि राष्ट्रसंघ स्तब्ध बनेको थियो । न्याय सुनिश्चित गर्न राष्ट्रसंघले सम्भाव्य सबै कदम चाल्ने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए ।

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौँ मानिसको मृत्यु भएको थियो । सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाख भन्दाबढी मानिस विस्थापित भएका थिए ।

दर्जनौँ प्रतिवादीहरूमध्ये अदालतले ५१ जनालाई मृत्युदण्ड सुनाएको हो तर कङ्गोले मृत्युदण्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदण्डको सजाय पनि जन्म कैदमा रूपान्तरण हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...