Wednesday 22nd July 2026

साउदीमा एक सातामा १४ हजार भन्दा बढि आप्रवासी पक्राउ


तीतोपाटी, काठमाडौं – साउदीअरवले भिसा, काम र सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा १४ हजार ६९ जना आप्रवासीहरूलाइ पक्राउ गरेको छ ।

साउदीअरवको गृह मन्त्रालयका अनुसार जनावरी दास्रो हप्ता ६ हजार ७ सय ७४ आप्रवासीहरूलाइ आवास नियमहरूको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । त्यसै गरि ५ हजार २ सय ९५ जना अवैध सीमा पार गर्ने प्रयासमा र १ हजार ५ सय ५८ जना श्रम सम्बन्धी मुद्दाहरूमा पक्राउ परेका हुन् ।

साउदीन्यूजका अनुसार ४ सय ११ जनालाइ अवैध रूपमा राज्य प्रवेश गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । १७ जना छिमेकी मुलुकमा प्रवेश गर्ने प्रयासमा पक्राउ परेका थिए भने १४ जनालाई ढुवानी र उल्लङ्घन गर्नेहरूलाई आश्रय दिएकोे आरोपमा पक्राउ गरिएको थियो ।

साउदीको गृह मन्त्रालयले भनेको छ, राज्यमा गैरकानूनी रूपमा प्रवेश गर्न, ढुवानी र आश्रय प्रदान गर्दै सहयोग गर्नेलाइ १५ वर्ष सम्मको जेल सजाय, १० लाख साउदी रियाल (२ लाख ६० हजार डलर) सम्मको जरिवाना वा सम्पत्ती जफत गर्न सक्नेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...