Sunday 20th July 2025

साउदीमा एक सातामा १४ हजार भन्दा बढि आप्रवासी पक्राउ


तीतोपाटी, काठमाडौं – साउदीअरवले भिसा, काम र सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा १४ हजार ६९ जना आप्रवासीहरूलाइ पक्राउ गरेको छ ।

साउदीअरवको गृह मन्त्रालयका अनुसार जनावरी दास्रो हप्ता ६ हजार ७ सय ७४ आप्रवासीहरूलाइ आवास नियमहरूको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । त्यसै गरि ५ हजार २ सय ९५ जना अवैध सीमा पार गर्ने प्रयासमा र १ हजार ५ सय ५८ जना श्रम सम्बन्धी मुद्दाहरूमा पक्राउ परेका हुन् ।

साउदीन्यूजका अनुसार ४ सय ११ जनालाइ अवैध रूपमा राज्य प्रवेश गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । १७ जना छिमेकी मुलुकमा प्रवेश गर्ने प्रयासमा पक्राउ परेका थिए भने १४ जनालाई ढुवानी र उल्लङ्घन गर्नेहरूलाई आश्रय दिएकोे आरोपमा पक्राउ गरिएको थियो ।

साउदीको गृह मन्त्रालयले भनेको छ, राज्यमा गैरकानूनी रूपमा प्रवेश गर्न, ढुवानी र आश्रय प्रदान गर्दै सहयोग गर्नेलाइ १५ वर्ष सम्मको जेल सजाय, १० लाख साउदी रियाल (२ लाख ६० हजार डलर) सम्मको जरिवाना वा सम्पत्ती जफत गर्न सक्नेछ ।


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

प्रतिकृयाहरू
...