Wednesday 29th April 2026

तीन नारी श्रष्टाका षड्ऋतुहरू


केही षड्ऋतुहरु

१)हेमन्त ऋतुको
यो पूष महिना
जाडोले काँपेको
हिँउको पहाड
कुल्चेर लडदा
देवता भाकेको ।।

२)माघे संक्रान्ति
हुँदैन नि भ्रान्ती
ऋषि मन्दिरमा
आए भक्तजन
छोडेर नि घर
माग्नलाई बर ।

३)माघ र फागुन
शिशिर नि आयो
मकर सक्रान्ती
घ्यू ,चाकु खाए
रमायौ फागुमा
इन्द्रेणी रङमा ।

सीता बिष्ट कार्की ( सीबिका)
टोखा ९, गोङ्गबु काठमाण्डौ

केहि षडऋतुहरु

पुसको महिना
तातोको महिमा
वित्न लाग्यो दिन
पुस महिनाको
जाडो मान्दा मान्दै
फास्फुस भुसुक्कै

पुस माघ जाडो
यी दुई महिना
ताप्नलाई आगो
प्यारो छ अगेना
आगोमा पकाऔँ
तातो मीठो खाऔँ

मकै भटमास
गुन्द्रुक साँदेर
सबैलाई बाँडेर
हाँसेर रमेर
मिलीजुली खाऔँ
जाडोमा रमाऔँ

उर्मिला पन्त पाण्डेय
-ज्ञानेश्वर , काठमाण्डौँ

षडऋतु
कारोना विशेष

१सक्रान्तिको बेला
नगरौ है भेला
ओमिक्रोन आछ
डर झन भाछ
सक्रमित धेरै
बडिनै राकोछ।

कस्तो आयो बेला
कहिले जान्छ यो
कोराोनाको कर
जति पछि गयो
उति भयो डर
झन कस्तो त्रास ।

कति थरि रैछ
नाम कति धेरै
सन्सारै भरिनै
फैलियो अतिनै
नत देखिन्छ नै
नत जान्छ नै।

सुरक्षित भई
सामना गरौ है
तातो तातो खाने
रुघा बाट बच्ने
ज्वोरो आयो भने
औषधि खाउ है।

आफू पनि बचौ
अरुलाई ख्याल
राखौ है सबै को
गर्छ धेरै हानि
छोएमा यसले
बचौहै तेसैले।

बिदेशिले सार्यो
नेपालमाआयो
डर लाग्दो भयो
भरोसा हरायो
कहिले सम्म यो
दुख दिने भयो।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

तितोपाटी- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी…

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

प्रतिकृयाहरू
...