Sunday 6th September 2026

१७ वर्ष अघि ज्यान मारेर फरार गोविन्द साउदीबाट पक्राउ


तीतोपाटी, काठमाडौं – १७ वर्ष अघि ज्यान मारेर फरार भएका उदयपुरका गोबिन्द मगरलाइ साउदी अरेबियाबाट पक्राउ गरिएको हो । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरि खोजी गरिएका ४० वर्षीय मगरलाई साउदी अरेबियाबाट बुधबार नेपाल ल्याइएको छ ।

मगरलाइ २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा खोजी गरिएको थियो । जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति लिइ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते मगर उपर रेड नोटिस जारी गरिएको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...