Friday 11th September 2026

पञ्चाङ्ग साहित्य समाजको तेह्रौं भर्चुअल पञ्चाङ्ग वाचन कार्यक्रम सम्पन्न


” पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”

पञ्चाङ्ग साहित्य समाजको तेह्रौं भर्चुअल पञ्चाङ्ग वाचन कार्यक्रम सम्पन्न भएको छ । नियमित साप्ताहिक रूपमा सुरु गरिएको तेह्रौं पञ्चाङ्ग वाचन कार्यक्रममा सभापतित्व पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सविता के.सी.ले गर्नु भएको हो । कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष, साहित्यको प्रविधा खोरियाका प्रवर्तक जनार्दन अधिकारी धड्कन प्रमुख अतिथि रहनु भएको थियो ।

पञ्चाङ्ग वाचन कार्यक्रममा बीसजना सर्जकहरूको सहभागिता रहेको थियो । पञ्चाङ्गका प्रवर्तक द्वय सोमनाथ लुइटेल रवि र सुशीला पौडेल, निर्मला सुवेदी, खगेन्द्र बस्याल, गुणनिधि घिमिरे, सुरेश घिमिरे, केशव न्यौपाने, पुष्पा नेपाल, नारायण प्रसाद निरौला, पदमावती रिजाल, लक्ष्मीप्रसाद मिश्र, प्रेम थापा, चन्द्रावती अधिकारी, आर्त अनुलीन, हरिशर्मा पङ्गेनी, रामराजा के.सी., सविता के.सी., जनार्दन अधिकारी र वेदविज्ञ तिलकप्रसाद लुइटेलको सहभागिता रहेको थियो ।

औपचारिक रूपमा सभापतिको आशनग्रहणपछि सुरु भएको कार्यक्रममा उद्घोषण पञ्चाङ्ग साहित्य समाजका केन्द्रीय महासचिव रामराजा के.सी.ले गर्नुभएको थियो । प्रमुख अतिथि जनार्दन अधिकारी धड्कनले पञ्चाङ्गको सैद्धान्तिक पक्ष बलियो हुनुपर्ने, अनुसन्धानमूलक, प्रतिकात्मक, आख्यानात्मक, नाटकीय बिम्ब भएका ओजिलो चोटिलो रचना हुनुपर्ने विचार राख्नु भएको थियो । पञ्चाङ्ग साहित्य समाजका संरक्षक वेदविज्ञ तिलकप्रसाद लुइटेलले सबै श्रष्टाहरूको पञ्चाङ्गको समीक्षा गर्नुभई आफ्ना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अन्तमा सभापतिबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम अौपचारिक रूपमा समापन गर्नु भएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...