Tuesday 22nd July 2025

मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने


मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो ।

श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र भित्र मनमति प्रज्ञा जर्नलको ८ औं अंक प्रकाशन गर्ने र त्यसको लागि कार्य समितिका सबैले कृयाशिल भइ रचना संकलन गर्न लाग्नु पर्नेमा जोड दिइएको छ ।

बैठक पछि शुरू भएको रचना वाचन कार्यक्रममा रचना प्रस्तुत गर्नेहरुमा चुडा निर्भिक,माधव विडारी,जनक रा अधिकारी,रिता खतिवडा,सुधा बास्कोटा,कविन्द्र तिमिल्सीना,सिता पाण्डे,दुर्गा अधिकारी रिमाल,जनार्दन अधिकारी धड्कन र श्रीधर पौडेलले आ-आफ्ना रचना कविता,मुक्तक,गजल र खोरिया प्रस्तुत गर्नु भएको थियो ।

अन्तमा श्रीधर पौडेलबाट धन्यवाद ज्ञापन गर्नु भइ कार्यक्रम समापन गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

प्रतिकृयाहरू
...