Monday 6th April 2026

भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ


तीतोपाटी डटकम-भिजिट भिषाको आवरणमा दुबईमा मानव तस्करी गरेको अभियोगमा दुबई प्रहरीले त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक कोमलराज प्याकुरेललाई पक्राउ गरेको छ । उनलाई गैरआवासिय नेपाली संघ युएईको सहयोगको आधारमा पक्राउ गरेको हो ।

प्याकुरेलले नेपालबाट भिजिट भिषामा ८० जनाभन्दा बढी नेपाली सेनाका जवानहरुलाई आकर्षक तलब दिन्छु भन्दै प्रलोभनमा पारेर दुबई पुर्याएका थिए ।

उनको स्वामित्व रहेको उक्त कम्पनिले दुबईमा एउटा क्याम्पमा सयौँ नेपालीहरुलाई विचल्ली बनाएर राखेको विषयमा पहिलो पटक दियोपोस्ट डटकमले खुलाशा गरेको थियो ।

खबर प्रकाशित भएपछि दुबईबाटै प्याकुरेलले दियोपोस्टका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई टेलिफोनबाट नेपाल प्रहरीको डिआइजी लगाएर पक्राउ गर्ने धम्की दिएका थिए । त्यति मात्रै होइन उनी नेपालमै आएर समाचारको स्रोत र पीडितको पहिचान खुलाउन विश्वकर्मालाई दबाव दिएका थिए ।

दिया मिडियाबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...