Friday 11th September 2026

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी


तीतोपाटी – दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको र छानामा आगोको मुस्लो देखिएको भिडियोहरु स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् ।

आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन ।

‘आगो नियन्त्रण बाहिर छ र भवनको भित्ताहरु चर्किएको जानकारी आएको छ,’ सहरको आपत्कालीन सेवाका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएका छन् ।

दक्षिण अफ्रिकामा राज्यका तीन अंगका राजधानी फरक फरक ठाउँमा छन् । कार्यापालिका प्रिटोरिया, व्यवस्थापिकाको केप टाउन र न्यायपालिको ब्लामफोन्टेनमा रहेको छ । तर सबैभन्दा ठूलो शहर भने जोहानेसबर्ग हो ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...