Tuesday 21st July 2026

सर्लाहीमा मोटर साइकल दुर्घटनामा एकै गाउँका ३ जनाको मृत्यु


तीतोपाटी – सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो।

दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का अरुण सिह, वर्ष २० का श्रम बिक र वर्ष २२ का रोहन सिहको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लो हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न…

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

प्रतिकृयाहरू
...