Sunday 23rd June 2024

शोभा आचार्य गौतमका केही षड्ऋतुहरू


षड्ऋतुहरु

पुस महिना यो
जाडो बढ्यो लौ
बादल नि छायो
घाम कता गयो
आगो ताप्ने होकि
बेहाल बनायो ।

नत ताप्ने आगो
नत बाक्लो लुगा
नत खाने तातो
नतओढने छ
यो पुस कस्तो हो
कसरी खै जाने हो

साना साना बच्चा
जोगाउन गार्हो
तातो के खुवाउ
लुगा खै के दिउ
हे ईश्वर तिमी कै
भर पर्छु लौ है

परिश्रम धेरै
कमाई छैन खै
दुखिको जाडो यो
अतिनै सारो भो
यो जाडो खै कस्तो
कहिले जाला भो

नत सुन्ने कोहि
नत देख्ने नै छन
भित्र भित्रै मन
रोएर आयो है
यस्तो दुख प्रभु
कसैको नहोस

हाम्रो पनि दिन
कुनै दिन फिर्ला
परिश्रम गरि
धन कमाउला
तेहि आसमा है
जीवन बाच्छु है ।

-शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ। नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०२/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

शीत काव्य समाज नेपालको चौथो वार्षिक दिवस समारोह पाल्पाको तानसेनमा भव्यताका साथ मनाईएको छ । शीत काव्य समाज नेपालको अायोजनामा…

प्रतिकृयाहरू
...