Sunday 6th September 2026

राैतहटमा स्कारपियो दूर्घटना, ५ जनाको मृत्यु, ३ घाइते


तीतोपाटी – रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको हो।

मृतक ५ जना मध्ये रौतहटको गढीमाई नगरपालिका– ४ का मुसाफिर अन्सारी र शेख छोटुको सनाखत भएको छ भने अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जन्ती लिएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको बताइएको छ। बिआर ०५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो जिपमा ८ जना सवार भएको प्रहरीले बताएको छ ।

दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...