तीतोपाटी – रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको हो।
मृतक ५ जना मध्ये रौतहटको गढीमाई नगरपालिका– ४ का मुसाफिर अन्सारी र शेख छोटुको सनाखत भएको छ भने अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जन्ती लिएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको बताइएको छ। बिआर ०५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो जिपमा ८ जना सवार भएको प्रहरीले बताएको छ ।
दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।