Friday 11th September 2026

कविताः प्रतिस्पर्धा -आयाम कार्की


प्रतिस्पर्धा

तिमी त्यो प्रतियोगिताको
लहर उभिरहेका छौ
जुन लहर
अग्ला अग्ला घर
चिल्ला चिल्ला गाडी
सुकिला मुकिला पहिरन
मिठा मिठा पक्वानको
लहरमा

तर म
एक्लै उभिरहेको छु
पर
त्यो भन्दा धेरै पर
त्यसैले त एउटा अविश्वास र घमन्डको
खाडल देख्छौ म भित्र
हामी र हामी विचको सम्बन्ध भित्र


जाडोमा न्यानो कपडा नहुने को भिडमा रुम्मल्लिदैछु
तिमी वार्मर तापीरहेको हुन्छौ
म एक छाक भोक मेटाउने
भोजनको खोजिमा हुन्छु
तिम्लाई अघाएर खाना फ्याँकी रहेको
देख्छु

तिमी त्यहीँ वस्तीमा हुर्किएर
तिनै साना मान्छेहरुलाई चिन्दैनौ
म तिनै भुईँ मान्छेहरु सङ्ग
मितेरी लाउदैँ हिड्छु

धन सम्पत्तिका मात्र कुरा हुन्छन
तिम्रा फुर्सद्का दिनहरु
म झुपडीँ नहुनेका विचमा
हराईरहेको हुन्छु

म निस्वार्थ मन भित्रको
एक जिवित अस्तित्व हुँ
तिमी खोक्रो रवाफ

ऐना जस्तै छर्लङ्ग हुन चाहन्छु
तिमी अपार्दर्शी वस्तु

हेर ? त
कति भिन्नता छ हामी विच
त्यसैले त एउटै पङ्तीमा
उभिएका छैनौ हामी
र उभिने पनि छैनौ कहिले

म जहाँ उभिएको हुनेछु
त्यहाँ
छ्लकपट
लोभ डाहा
ईर्ष्या भेदभाव
उचनिच सबै त्यागेर
उभिनु पर्छ
त्यसैले
सक्छौ र उभिन ?

आयाम कार्की
२०७८/०९/०७


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...