Friday 11th September 2026

फिलिपिन्समा आँधीबाट मर्नेको संख्या २०८ पुग्यो


फिलिपिन्समा शक्तिशाली आँधीबाट मर्नेको संख्या २०८ पुगेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्। गत बिहीबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ।

सबैभन्दा बढि बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कम्तीमा २३९ जना घाइते भएका छन् भने ५२ जना बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । समाचारमा बताइएअनुसार अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् । आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन हुन सकिरहेको छैन । घर, विद्यालय, अस्पताल र सामुदायिक भवनहरू खण्डहर जस्तै बनेका छन् ।हावाहुरीका कारण धेरै ठाउँमा विद्युत, खानेपानी अवरुद्ध भएको छ जसले गर्दा जनजीवन प्रभावित भएको छ। राईलाई पाँचौं श्रेणीको आँधी मानिएको छ, जुन निकै भयानक छ। बोहोल प्रान्तसँगै यसले सेबु, लेयते, सुरिगाओ डेल नोर्टे प्रान्तलाई पनि असर गरेको छ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले दीर्घकालीन राहत प्रयासहरूका लागि 20 मिलियन स्विस फ्र्याङ्क (£ 16m; $ 22m) को लागी एक आपतकालीन अपील सुरु गरेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...