Sunday 26th July 2026

कुवेत बाहिर ६ महिनाभन्दा बढी बसेका घरेलु कामदारको भिसा स्वत: रद्द हुने


तीतोपाटी, काठमाडौं – कुवेतको गृह मन्त्रालयले कुवेतको घरेलु कामदारहरू (आर्टिकल नं २० ) भिसा बाहकहरुलाई कुवेत बाहिर ६ महिना भन्दा बढी बसेमा उनिहरुको भिसा स्वत: रद्द हुने बताएको छ । यो नियम डिसेम्बर १ बाटै लागू हुने बताइएको छ ।

कुवेतको भिसा सम्बन्धी नियममा कुवेतको भिसा बाहक आप्रवासी कुवेत बाहिर लगातार बसेको ६ महिना पुगे पछी उनिहरुको भिसा स्वत: रद्द हुने नियम छ । तर कोरोना संक्रमणको कारण कुवेतका भिसाबाहकहरु कुवेत बाहिर रहदा ६ महिनामा भिसा स्वत: रद्द हुने काम रोकिएको थियो ।

अझै पनि घरेलु कामदार भिसा (आर्टिकल नं-२० )बाहेक अन्य भिसा बाहकलाई भने ६ महिनाको समायावधी नियम नलगाइएको अरब टाइम्सले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...