Friday 16th January 2026

कुवेतबाट घाऊ कुहिएका नुवाकोटका प्रेम लामालाई उपचार खर्च सहयोग


तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन।

आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि सामाजिक सन्जालमा आएका दु:ख-बेदनामा सधैं सहयोग गर्ने नोर्के कुवेतको अल इमा एरेस्को सेक्यूरिटी कम्पनीमा कार्यरत छन।उनले तीतोपाटी डट कम संग भने”कोही कसैलाई भेट्न नभ्याउने भएकोले ब्यक्तीगत रुपमा प्रेम लामाको उद्दारमा लागेका सुरज बोम्जनको नाममा उक्त सहयोग पठाएको हुँ”।

धेरै सामाजिक अभियानहरुमा सफल नेत्रित्व गरिसकेकी र दु:ख-पिडामा परेका नेपालीहरुलाई साथ, सहयोग र हौसला प्रदान गर्दै बेसहाराहरुको साहारा बनेकी नेपाली साझा मन्च नेपालकी सारदा भुसाल झाले प्रेम लामाको बारेमा सामाजिक सन्जालमा उनको उपचारमा सहकार्य र सहयोगको अपिल गरेकी थीईन।प्रेम लामाको उपचारका लागि सिन्धुपाल्चोक सेवा समाजकी कृति गोलेले पनि अभियान सन्चालन गरिरहेकी छिन।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...