Friday 25th September 2026

कुवेतबाट घाऊ कुहिएका नुवाकोटका प्रेम लामालाई उपचार खर्च सहयोग


तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन।

आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि सामाजिक सन्जालमा आएका दु:ख-बेदनामा सधैं सहयोग गर्ने नोर्के कुवेतको अल इमा एरेस्को सेक्यूरिटी कम्पनीमा कार्यरत छन।उनले तीतोपाटी डट कम संग भने”कोही कसैलाई भेट्न नभ्याउने भएकोले ब्यक्तीगत रुपमा प्रेम लामाको उद्दारमा लागेका सुरज बोम्जनको नाममा उक्त सहयोग पठाएको हुँ”।

धेरै सामाजिक अभियानहरुमा सफल नेत्रित्व गरिसकेकी र दु:ख-पिडामा परेका नेपालीहरुलाई साथ, सहयोग र हौसला प्रदान गर्दै बेसहाराहरुको साहारा बनेकी नेपाली साझा मन्च नेपालकी सारदा भुसाल झाले प्रेम लामाको बारेमा सामाजिक सन्जालमा उनको उपचारमा सहकार्य र सहयोगको अपिल गरेकी थीईन।प्रेम लामाको उपचारका लागि सिन्धुपाल्चोक सेवा समाजकी कृति गोलेले पनि अभियान सन्चालन गरिरहेकी छिन।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...