Wednesday 18th March 2026

एनआरएनए कतारद्वारा समस्यामा परेका कामदारहरुलाई खाद्यान्न वितरण


काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ ।

कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको हो ।

एनआरएनए कतारका द्दितिय उपाध्यक्ष एवं श्रमिक बिभागका संयोजक प्रमे चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

नेपालको ओसो रिक्युटिङ्ग एजेन्सीबाट आएका उनीहरुलाई कम्पनीले काम गरेर पनि तलब नदिएपछि श्रमिकहरु समस्यामा परेका एनआरएनए कतारका सचिब दिपजंग शाहले बताए ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...