Saturday 18th July 2026

सर्लाहीको गोडैताबाट ९०० ट्याब्लेट (लागूऔषधि) सहित एक युवक पक्राउ


किसन साह,सर्लाही – प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट नाइट्रोभेट ९०० वटा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

बहराइन र कतारले शनिबार बिहान इरानबाट भएको भनिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि आफ्नो सुरक्षा अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन्।…

कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहानैदेखि देशको हवाई क्षेत्रमा प्रवेश गरेका शत्रुतापूर्ण ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू पत्ता लगाई सबैलाई सफलतापूर्वक अवरोध…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा…

प्रतिकृयाहरू
...