Monday 12th January 2026

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स २०२१ को उपाधि


तीतोपाटी – भारतकी हरनाज सन्धुले यस वर्षको मिस युनिभर्स उपाधि जितेकी छन् । सोमबार इजरायलमा आयोजित प्रतियोगितको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका प्रतियोगीहरूलाइ हराएर २१ वर्षीया पञ्जावकी मोडेल सन्धुले मिस युनिभर्सको ताज जितेकी हुन् ।

मिस युनिभर्सको यस प्रतियोगितमा भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतकी लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । ८० देशका प्रतियोगीहरू सहभागी भएको यस पटकको मिस युनिभर्स प्रतियोगिताको फाइनलमा १६ जना उत्कृष्ट सुन्दरीहरू स्पर्धामा थिए ।

इजरायलको इलियटमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले सन्धूलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै पाराग्वेकी नादिया फेरेइराले फर्स्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितिन् ।

प्रतियोगिताको ७० वर्षको इतिहासमा पहिलो पटक बहराइनबाट मनार नदीम देयानीले ताजका लागि प्रतिस्पर्धा गरेकी थिइन् तर मध्यपूर्वका कुनै पनि सुन्दरी उत्कृष्ट १६मा पर्न सफल भएनन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...