Wednesday 20th May 2026

कतारबाट विद्यालयको अक्षयकोष स्थापनाको लागि सहयोग


तीतोपाटी, काठमाडौं – कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयलाई अक्षयकोष स्थापनार्थ एक लाख एक हजार एक सय नेपाली रुपैया सहयोग गरेका छन । मियाँले गोरखाको सिरानचोक-३ हर्मीमा रहेको शिखर ज्योति प्राथमिक बिद्यालय उक्त रकम बिहीवार हस्तान्तरण गरेका हुन ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर थापालाई अक्षयकोष स्थापनाको लागि नगद हस्तान्तरण गर्दै मियाँले यसरी आफू पढेको बिद्यालयमा अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरुलाई सहयोगार्थ अक्षयकोष स्थापना गर्न पाउदा गर्ब लागेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा लगायत लगाएत अभिभाबकहरुले मियाँको सहयोगी भाबनाको प्रसंशा गरेका थिए । सोही कार्यक्रममा मियाँले विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री पनि वितरण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...