Wednesday 10th June 2026

सुर्खेतबाट काठमाडौं आइरहेको बस दाङमा दुर्घटना, २९ यात्रु घाइते


तितोपाटी- सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ।उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ। केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ।
बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो। गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो।
बसमा ३९ जना यात्रु सवार थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले दक्षिणी इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको करिब एक घण्टापछि इरानको युद्ध व्यवस्थापन निकायले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना…

कुवेतले नेपाल लगायत १० देशबाट मात्र घरेलु कामदार लिने भएको छ । कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्ती सम्बन्धी नयाँ…

इरान र इजरायलले हालै एकअर्कामाथि आक्रमण रोकेको बताएका छन्, तर दुबै पक्षले आवश्यक परे पुनः हमला गर्न तयारी रहेको संकेत…

प्रतिकृयाहरू
...