Tuesday 31st March 2026

कुवेतको विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको ५ दिनमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन


तितोपाटी- कुवेतको अन्तराष्ट्रीय बिमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको एक हप्ता भित्रमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन

गत आक्टोबर २४ तारिक बाट कुवेत मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिए संगै आक्टोबरको अन्तिम महीना सम्म कुल ६५ हजार ७ सय ५९ यात्रुले यात्रा गरेको छन।

त्यसपछि गत २४ तारिक आइतबारदेखि कुवेत विमानस्थलको पूर्ण सञ्चालन भइरहेको छ । यसैबीच, आइतबारदेखि पछिल्लो एक हप्तामा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ६५ हजार बढ़ीले यात्रा गरेका हुन।

जानकारी अनुसार कुवेत विमानस्थलबाट २८ हजार २ सय २८ जना कुवेत भित्रीएका छन भने, ३१ हजार ५१६ जना कुवेतबाट बाहिरीएका छन् त्यस्तै करिब ५ हजार १५ यात्रुले ट्रान्जिटका रूपमा विमानस्थल प्रयोग गरेका छन ।

आक्टोबर महीनाको अन्तिम दिनमा २६० आगमन र २६१ प्रस्थान गरी कुल प्रस्थान र आगमन उडान ५२१ पुगेको छ । यात्रुको आवश्यकता अनुसार सबै एयरलाइन्सका लागि नियमित व्यावसायिक उडान सञ्चालन गर्ने क्रम क्रमशः बढ्दै गएको छ । स्वास्थ्य आवश्यकताहरू अझै पनि ठाउँमा छन्, र आगमन र प्रस्थानका लागि यात्रा प्रक्रियाहरूमा कुनै परिवर्तन भएको छैन।

कोरोना कहरका कारण डेढ वर्षपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आंशिक रूपमा व्यावसायिक हवाई यातायात पूर्ण क्षमताका साथ सञ्चालनमा आएका छन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...