Sunday 4th October 2026

वैदेशिक रोजगार कार्यालयका सुब्बा घुससहित पक्राउ


तितोपाटी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक नायव सुब्बालाई पक्राउ गरेको छ । आयोगले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार घुससहित पक्राउ गरेको हो ।

पोख्रेलले विभागमा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीबाट सो रकम लिएका हुन् । उनले सेवाग्राहीलाई आलटाल गरी अनलाइन फारम भर्न विचौलियासँग जानुपर्ने बाध्यता देखाएको बताइएको छ। पोख्रेलले बिचौलियाको काम गर्ने खेमप्रसाद काफ्लेमार्फत २१ हजार रुपयाँ घुस लिएका थिए ।

नायव सुब्बा पाख्रेल र बिचौलिया काफ्लेले सेवाग्राहीबाट सो रकम लिएको उजुरीका आधारमा आयोगले उनीहरुलाई बुधबार सोल्लीमोडबाट पक्राउ गरेको हो । आयोगले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...