Wednesday 21st January 2026

मानव बेचविखन आरोपमा साधना कला केन्द्रका नृत्य निर्देशक पक्राउ


तितोपाटी- मानव बेचविखन गरेको आरोपमा नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले रातोपाटीलाई बताए ।

उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । घिमिरेले नाच सिकाउँदा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौंबाट भारतको बैंगलौर लगेर बेचेको आरोप छ ।

बैंगलौरको चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेण्टमा किशोरीलाई यौन व्यवसाय गर्न बाध्य पारेपछि उनलाई माइती नेपालले उद्धार गरेर काठमाडौं ल्याएको थियो । कार्तिक ६ मा घिमिरेलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको एसपी द्धिवेदीले बताए । रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...