Sunday 4th October 2026

श्रम रोजगार पत्रकारिता पुरस्कार ३ जनालाई


तितोपाटी- यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार ३ जनालाई दिईएको छ।विजेताहरुलाई बुधबार पुरस्कार हस्तान्तरण समेत गरिएको छ ।

काठमान्डौमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बुटवलबाट काम गर्ने अमृता अनमोल९कान्तिपुर०पहिलो पुरस्कार,रमेश भारती ९शिलापत्र डटकम०दोस्रो पुरस्कार र अनिल अधिकारी ९साझा सवाल०लाई तेस्रो पुरस्कार हस्तान्तरण गरेका थिए।

म रोजगार पत्रकार समूहका अध्यक्ष सुनिल न्यौपानेको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, निमित्त श्रम सचिव डण्डुराज घिमिरे, परराष्ट्र सहसचिव हरिश्चन्द्र घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठनकी कार्यक्रम संयोजक नेहा चौधरी, नेपाल पत्रकार महासंघका बरिश्ट उपाध्यक्ष रमेश विष्ट,खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सचिव सुजित श्रेष्ठ लगायतकाले श्रम आप्रावसनको बिबिध समस्याहरु र त्यसका समाधानका पक्षहरु बारे मर्यादित भएर लेख्दै निती(नियम निर्माताहरुलाई झक्झक्याउन पत्रकारहरुलाई सुझाएका थिए।

पहिलो, दोश्रो त तेस्रो पुरस्कार राशि क्रमश ३०,२० र १० हजार रुपैयाँ रहेको थियो भने उक्त प्रतिस्पर्धामा ७६ वटा रिपोर्टरहरुले आफ्ना रिपोर्टहरु पठाएका थिए।श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको श्रम रोजगार पत्रकारिता पुरस्कारमा अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०ले साझेदारी गरेको थियो।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...