Wednesday 12th August 2026

साफ फुटबल खेलाडीहरूलाइ जनही ५ लाख र प्रशिक्षकहरूलाइ जनही ३ लाख पुरस्कार दिइने


तीतोपाटी – सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले साफ फुटबल शुरू भएदेखि पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साफमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको तथा बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनको सम्मान गर्दै यस्लाई कायम राख्न प्रोत्साहन गर्ने नीति अनुरुप खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

भारतसंगको फाइनल खेल ३–० ले गुमाएको नेपाली टोलीको प्रदर्शन भने तारिफयोग्य थियो । आज विहान स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलदेखि नै भव्य स्वागत एवं सम्मान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...