Thursday 2nd May 2024

नेपाली रैथाने परिकार : हरियो दुधे मकैको फ्याप्लो र छोप अचार


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-पाली रैथाने परिकार हरियो दुधे मकैको फ्याप्लो हाम्रो परम्परागत स्वस्थबद्र्धक खाना हो । यो परिकार हरियो मकै पाउने सिजन असार, साउन र भदौमा निकै लोकप्रिय छ फ्याप्लो एक किसिमको मकैको रोटी हो र यो खाजाको रूपमा छोप अचारसँग खान निकै स्वादिष्ट हुन्छ ।

बच्चादेखि बूढाबूढी सबैलाई मन पर्ने यो नेपालको एक मौलिक खाना पनि हो ।पछिल्लो समय यो परिकार विदेशीले पनि खुब मीठो मानेर खाएको पाइन्छ र त होटल रेस्टुरेन्टको मेनुमा पनि भेट्न थालिएको छ ।

फ्याप्लो बनाउन चाहिने सामग्रीः

हरियो दुधे मकैको घोगा ३ पिस, नून स्वादअनुसार, घ्यु ३ टेबल चम्चा, पानी आवश्यकता अनुसार

मकैको फ्याप्लो बनाउने विधिः

मकैको घोगालाई चक्कुको सहायताले सबै गेडा खुर्केर निकाल्ने र पानी हालेर ब्यालेन्डरमा राम्ररी पिस्ने । यसरी पिसेको मकैको लेदोमा स्वाद अनुसार नून हालेर राम्ररी चलाउने र एक साइडमा राख्ने । ननस्टिक प्यान बसालेर थोरै घ्यू हाल्ने र २ डाडु मकैको लेदो हालेर पातलो गरी फिजाउने । आगोको आचलाई मधुरो गरेर एकछिन पकाउनासाथ फर्काउने र राम्ररी दुवै साइड पाक्न दिने । एवं तवरमा सबै फ्याप्लो पकाएपछि तातो–तातो सिलम, तिल, टिमुर या आलसको छोपसँग खाने ।

नेपाली छोप अचार परापूर्वकालदेखि नै चलिआएको एक किसिमको सुक्खा अचार हो । यो फुर्सदमा बनाएर व्यस्त समयमा खाने गरिन्छ । धेरै किसिमका हाम्रा मौलिक रैथाने छोप अचारहरू अहिले लोप हुने स्थितिमा छन् ।

झुसे तिलको छोप अचार बनाउन चाहिने सामग्रीः

झुसे तिल ५०० ग्राम, नून स्वाद अनुसार, बिरे नून आधा चिया चम्चा, धनियाँको गेडा एक चिया चम्चा, जिरा दाना आधा चिया चम्चा, अफुवा ५ ग्राम, लसुन ७ ग्राम, चुक अमिलो २ चिया चम्चा, सुकेको अकबरे खुर्सानी ५ पिस ।

झुसे तिलको छोप अचार बनाउन चाहिने विधिः

सर्वप्रथम झुसे तिललाई चिसो पानीमा भिजाएर पखाल्ने र केहीबेर सुकाएर सुक्खा बनाउने । बाक्लो कराइ या हाडीमा तिललाई भुट्ने र फिजाएर चिस्याउने । माथि दिएको जिरा, धनियाँ, खुर्सानीलाई पनि एकछिन सुक्खा भाँडोमा भुट्ने र चिस्याउने । अब भुटेको मसला, खुर्सानी, अदुवा र लसुनलाई सिलाउटो, ओखल या ब्यान्डरमा पिस्ने । भुटेको तिललाई पनि सँगै हालेर फेरि पिस्ने र अन्त्यमा नून, बिरेनुन र चुक अमिलो हालेर राम्ररी मिक्स गर्ने र इएर टाइट डिब्बामा सम्हालेर रुमको तापक्रममा स्टोर गर्ने । जुन ३–६ महिनासम्म सजिलै प्रयोग गर्न सकिन्छ ।

यसरी तयार गरेर राखेको छोपलाई निकाल्ने समयमा काठको चम्चा या सुक्खा स्टिलको चम्चा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । झुसे तिलको छोप अचारजस्तै हामीले आलसको, सेतो या कालो तिलको, भाङको, सिलामको, लप्सिको, ड्राइमिटकोर मुस्ताङी टिमुरे छोप (हिमालयनसल्ट, खुर्सानी, टिमुर) पनि सहज रूपमा माथिकै रेसेपी प्रयोग गरेर बनाउन सकिन्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...