Thursday 2nd May 2024

क्रिकेटका आशा लाग्दा युबा खेलाडी गौरब खड्का


आर.बि.बुढाथोकी/तीतोपाटी डटकम-गौरबको घर पुग्नासाथ डाइनिङग हलमै देख्न सकिन्छ उनले पाएका तिन दर्जन कप, प्रमाण पत्र र मेडलको गुच्छा। उमेर हेर्दा कलिलै छ,पढाइमा त्यतिकै तेज। हरेक खेलमा खाली हात नफर्कने गौरभको बिशेषता हो। ७ कल्लासमा पढ्दा देखि नै क्रिकेटको क्रेज बसेको उनको अहिलेको अबस्थामा आइपुग्दा धेरै खारिएका छन।

माता कुन्ता देबि दाहाल र पिता भुपेन्द्र खड्काको कोखबाट बि स २०५४ माघ १९ मा काठमान्डौको टिचिङग अस्पतालमा जन्मिएका उनी सानै उमेर देखि तिस्ण बुद्दिका थिए।प्रारम्भिक शिक्षा राजधानीको दि राइजिङ र नब ज्योतिबाट पुरा गरेका हुन। माध्यामिक तहको अध्ययन हेटौडाको जि एस निकेतनबाट पुरा गरेका हुन।उनमा प्राथमिक तहको अध्ययन सिद्दिदा नसुद्दिदै क्रिकेटको क्रेज बसि सकेको थियो ।

११ र १२ बुढानिलकण्ठमा अध्यन गर्दा पनि उनलाइ क्रिकेट खेल्न भ्याइ नभ्याइ थियो गौरभलाइ। स्कुल जीबनमा पनि छुट्टि हुनासाथ ब्याग फ्याकेर चर्को घाममा क्रिकेट खेल्न दौडी हाल्ने किताब भने एक पटक पढे पछि दोहोर्याएर पढ्न पर्दैनथ्यो। एस.इ.इ. प्रथम श्रेणीमा गरेका गौरभले ११ १२ पनि प्रथम श्रेणीमा गरे र अत्यन्तै प्रतिश्पर्धा हुने पुल्चोक इञिनियरिङ क्याम्पसमा पनि एकै पटकमा स्कलरशिपमा नाम निकाल्न सफल भए। सिभिल इञिनियरिङ गर्दा पनि उनले कलेजको तर्फबाट निरन्त्रर कलेजको क्रिकेट खेलि रहे र सफलता पनि पाउदै गए।अहिले पुल्चोक कलेजमा वाटर रिसोर्समा मास्टर्स गरिरहेका गौरभ नेपाली क्रिकेटका एक आशा लाग्दा युबा खेलाडी हुन। पढाइमा जति तेज छन उनि खेल जीबनमा पनि त्यति कै सफल भएका प्रमाण छर्लङ छ।

स्थानिय तह,बिद्यालय तह,कलेज तह,जिल्ला स्तरिय, क्षेत्रिय स्तर हुदै प्रधानमन्त्रि कप र रास्ट्रपती कप सम्म खेल्न भ्याइ सकेका गौरभ एक मेहनति,अनुशासित र उच्च मनोबल भएका खेलाडी हुन। उनको खेल प्रतिको क्रेजले भोलिका दिनमा सफल रास्टिय स्तरको खेलाडीको जन्म नहोला भन्न सकिन्न।क्रिकेटमा मन मस्तिक्सले लागि परेका गौरबलाइ अविभाबकको पनि पुर्ण साथ र सहयोग हुदै आएको छ।

यति सानो उमेरमा उनले पाएको सफलता देखेर घर परिवार पनि निकै दङग र गौरम्बित भएका छन। हामीले उसको इक्षालाई कहिले मारेका छैनौ जुन कप खेल्न जादा पनि हामिले नजाउ भनेनै र सधै साथ र सहयोग गरेका छौ गौरबका माता पिताले एक भेटमा भन्नु भयो। ऊ बच्चै देखि क्रिकेटमा खुब चाख दिने र स्कुल सकिना साथ घाम-पानी नभनि दौडी हाल्ने उसको बानी थियो।हरेक क्रिकेट खेलमा सहभागी हुने उसको आदतले आज यहा सम्म पुर्याएको हो माता कुन्ता दाहाल थप्नु हुन्छ। उसका प्राय भ्याए सम्म सबै खेल हेर्न बुढा बुढी नै पुग्छौ उहाको थप भनाइ थियो। पढाइ सङग सङगै खेलमा पनि गौरबले पाएको सफलताले उनका साथीहरु पनि निकै खुशी छन। गौरबको खेलको स्तर र सफलता हेर्दा कुनै ब्यबसायिक खेलाडी भन्दा कुनै कम छैन। यि आशा लाग्दा खेलाडी भोलि एक देशको प्रतिनिधित्व गर्ने उच्च कोटिको खेलाडीको रुपमा रुमान्त्रण हुन सक्ने धेरै प्रमाणहरु प्रस्ट छन।

चित्रकलामा पनि त्यतिकै पोख्त गौरबले बिस्व प्रख्यात क्रिकेट खेलाडीहरुको हुँबहु स्केच तयार परेका छन । एक पटक देखेको मान्छेलाई दुबारा हेर्न नपर्ने उनको प्रतिभा छ । परिवारको प्राय सबैको हुँबहु स्केच तयार पारी सकेका छन । संगितमा पनि त्यतिकै सोख राख्ने गौरबले गीतार,बासुरी,मादल लगायतका बाजा माज्जाले बजाउछन । यती बहु प्रतिभाका धनी गौरब रास्टका सम्पत्ति हुन । यिनको प्रतिभालाई हामीले समय मै चिन्न सक्नु पर्छ ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...