Saturday 21st March 2026

नेवारी मौलिक खाना तखाःव सन्या खुना कसरी बनाइन्छ ?


आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ ।

तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या खुना अमिलो र पिरो हुन्छ । तखाःव सन्या खुनालाई थलथले पनि भनिन्छ । सन्या भनेको सुकेको माछाको सिद्रा हो, जुन सन्या खुनामा हालिन्छ ।

तखाःव सन्या खुना बनाउन चाहिने सामग्रीः

छाला सहितको राँगाको मासु १ किलोग्राम, थिचेको अदुवा लसुन ६० ग्राम, तोरीको तेल ७० एमएल, बेसार २ चिया चम्चा, खुर्सानीको धुलो ४ चिया चम्चा, जिराको धुलो ३ चिया चम्चा, धनियाँको धुलो ३ चिया चम्चा, नून स्वादअनुसार, तेजपात ४ पिस, गरम मसलाको धुलो २ चिया चम्चा (अतिरिक्त), पानी २ लिटर, ज्यामिरको रस (झम्सी) ४० एमएल, सुकेको सिद्रा माछा (सन्या) ६० ग्राम ।

तखाःव सन्या खुना बनाउने तरिकाः

राँगाको मासुलाई राम्ररी पखालेर सानो–सानो डाइसमा काट्ने र खुर्सानीको धुलो, ज्यामिरको रस र सिद्रा माछाबाहेक सबै मसला हालेर तोरीको तेलमा मोल्ने । प्रेसर या फ्वासी तताएर मासुलाई मज्जाले भुट्ने र पानी हालेर मज्जाले ओएलडन हुने गरी पकाउने ।

अन्त्यमा मासुको झोल छुट्याइने र झम्सीको रस, भुटेको सिद्रा माछा र खुर्सानीको धुलो हालेर एकछिन पकाउने । जुन झोललाई चिसोमा जमाएपछि नै सन्या खुना भनिन्छ । मासुको पिस भएकालाई छुट्टै जमाउने र यसलाइ तखाः भनिन्छ ।

यसरी बनेको छुट्टाछुट्टै २ परिकार चिउरा या खानासँग सर्भ गर्न सकिन्छ । यो थलथलेमा पर्याप्त मात्रामा जेलेटिन हुने हुँदा एस्पिक बनेको हुन्छ र निकै मुलायम आइसक्रिम जस्तो हुन्छ ।पछिल्लो समय खसी र कुखुराको पनि तखाः सन्या खुना बनाउने चलन आएको छ ।

#दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...