Sunday 24th November 2024

तोमयाम सुप खाने कि, क्वाँटी ? यसरी घरमै बनाउनुहोस्


आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-जाडोमा कसरी ज्यान तताउने ? गजब काइदा हो, तात्तातो सुप । भेज खानुहोस् वा ननभेज, सबै विकल्प तपाईको निम्ती खुला छ । सुप बनाउन धेरै मेहनत गर्नुपर्दै, धेरै सामाग्री जोरजाम गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको सुप बनाउन सकिन्छ ।

सुपले जोडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन यन्त्रलाई सहज बनाउन्छ । अर्को कुरा त के भने, जाडो याममा हामीलाई भोक लागिरहन्छ । भोक लागे अनुसार खाने हो भने मोटोपन बढ्ने डर । तर, सुप सेवन गर्दा त्यस्तो डर पनि भएन ।

यसपाली हामीले घरमा बनाउन मिल्ने केही यस्ता सुपको रेसेपी पेश गरेका छौं, जो रेष्टुरेन्टको मेनुमा निकै चल्ने गर्छ । जस्तो तोमयाम सुप । यो थाई परिकार विश्वकै मेनुमा समेटिएको छ । अर्को, चाइनिज हट एन्ड सावर । यो पनि विश्वका पारखीहरुले रुचाउने परिकार हो ।

हामीकहाँ चाहि रैथाने सुप छ, क्वाँटी । विभिन्न गेडागुडी मिश्रति क्वाँटी कम स्वादको हुँदैन । पोषणको कुरा त छँदैछ ।खसीको खुट्टाको सुप पनि हामी खुब पिउने गर्छौं । यी सुपहरु बनाउने सामान्य तौरतरिका त सबैलाई होला । तर, यहाँ अलि फरक स्वादका लागि फरक ढंगको रेसेपी पस्किएका छौं ।

थाइ तोमयाम सुप

के चाहिन्छ ?

च्याउ ३० ग्राम, लेमन एक पोटी, लेमनको पात दुइ वटन, १० देखी १५ ग्राम अदुवा, आधा लिटर पानी, एक चिया चम्चा तोमयाम पेस्ट, एक चिया चम्च कागतीको रस, सानो एक मुठा धनिया ।

२० ग्राम तामा, २ वट हरियो खुर्सानी, एक चिया चम्चा चिल्ली पेस्ट, -६० ग्राम चिकन या छाछा, एक वटा गोलभेडा, एक चिया चम्चा फिस सस, स्वादअनुसार नुन, मरिच ।

कसरी बनाउने ?

यसको लागि पहिला पानी उमाल्नुपर्छ । त्यसपछि लेमन ग्रास, लेमन पात र अदुवालाई त्यसमा राखिदिनुस् । त्यसलाई केही बेर उमालेपछि बाँकी सामाग्री राख्दै जानुपर्छ ।अन्त्यमा कागतीको रस र धनिया राख्नुहोस् । सुप तयार हुन्छ । यसलाई भेजमा पनि तयार गरेर सेवन गर्न सकिन्छ ।

चाइनिज हट एन्ड सावर सुप

आवश्यक सामाग्री

मसिनो गरि काटेको बन्दा र गाजर । ६० ग्राम भेडे खुर्सानी, एक चिया चम्चा सोया सस ।

आधा लिटर पानी, एउटा अण्डा, दुई वट हरियो खुर्सानी, एक चिया चम्चा चिल्ली पेस्ट, एउटा प्यास, दुई चिया चम्चा टोमटो केचप, आधा चिया चम्चा कागतीको रस या भेनिगर ।

मसिनो काटेको अदवा एक चिया चम्चा, दुई टुक्रा च्याउ, एक चिया चम्चा तिलको तेल, काटेको तामा दुई चिया चम्चा, दुई चिया चम्चा कर्न प्लोर ।

२० ग्राम तोफु, मसिनो गरि काटेको चिकेन ६० ग्राम, स्वादअनुसार नुन र मरिचको धुलो ।

कसरी बनाउने ?

पहिला भाडामा पाानी तताउनुस र त्यसमा जुलिएन काटेका भेजिटेवललाई राख्नुस् ।
त्यसमा अदुवा, नुन, मरिचको, टिमुरको धुलो, काटेको खुर्सानी र चिकन हालेर उमाल्नुहोस् । केही समयपछि सोया सस, चिल्ली पेस्ट, केचप टमटर राख्नुहोस् ।

अन्त्यमा कर्न प्लोर राखेक हल्का बाक्लो बनाउनुस् । त्यसपछि अन्डा फिट्नुहोस र कागतीको रस या भिनेगर राख्नुस् । तिलको तेलमा प्याज राखेर मिलाउनुस् । यसरी तयार पारेको सुप पिउन सक्नुहुन्छ ।

क्वँटी सुप

के चाहिन्छ ?

डेढ कप टुसाएको गेडागुडी, दुई चिया चम्चा पिसेको अदुवा र लसुन, दुई वटा हरियो खुर्सानी, एक मुठा धनियाँ, दुई चिया चम्चा तोरिको तेल, एक चिया चम्चा ज्वानो ।

अधा चिया चम्चा जिरा र धनियाँको धुलो, एक वटा प्याज, गोलभेडा, आधा चिया चम्चा बेसार, स्वाद अनुसारको नुन ।

कसरी बनाउने ?

पहिला प्रेसर कुकरमा तेल तताउनुहोस् । त्यसमा पहिला ज्वानो फुराउनुस र पिसेको अदुवा र लसुन राखेर भुट्नुहास् ।

त्यसपछि काटेको प्याज र गेडागुडी राख्नुहोस् । त्यसलाई पूर्ण रुपमा भुटेपछि सम्पूर्ण मसला र पानी राखिदिनुहोस् । पानी उम्लन थालेपछि प्रेसरको धक्कन लगाइदिनुस् ।

ढकन लगाइसकेपछि मन्द आगोमा पाक्न दिनुपर्छ । तीन वा चार सिठी लागेपछि त्यसलाई निकाल्नुहोस् र धनीयाँ राख्नुहोस् ।क्वाँटीमा खसिको मासको मिश्रण गराएर पनि सेवन गर्न सकिन्छ । यस्तो सुप स्वास्थ्यको लागि पनि अति उपयोगी हुन्छ ।

खसिको खुट्टी सुप

आवश्यक सामाग्री

खसीको खुट्टा २ पिस, दुई चिया चम्चा पिसेको अदुवा र सुसन्, आधा कप मस्याङ, आधा चिया चम्चा गरम मसला धुलो, आधा चिया चम्चा बेसार, आधा चिया चम्चा जिरा, मेथी, दुई वटा तेजको पात ।

डेढ चम्चा तोरिको तेल, एक मुठा हरियो धनियाँ, एउटा प्याज र गोलभेडा, आवश्यकताअनुसार पानी, एक मुठा धनियाँ, स्वादअनुसार, नुन, खुर्सानीको धुलो ।

कसरी बनाउने ?

पहिला प्रेसर कुकरमा तोरिको तेल तताएर त्यसमा मेथी फुराउने । अनि अदुवा, लसुन, तेज पात प्याज राखेर केहीवेर भुट्ने । त्यसमै काटेको खसीको खुट्टा राखेर चलाउने ।

त्यसपछि मसला र पानी राखेर उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसरकुकर बन्द गर्ने ।प्रेसरमा ७ वा ८ सिठी लागेपछि अगोबाट वाहिर निकाल्ने । त्यसमा धनिया राखेपछि खसिको स्वादिलो खुट्टी सुप तयार हुन्छ ।
#लेखक दि सोल्टी होटल काठमान्डौका सु-सेफ हुन्।

 


सम्बन्धित शीर्षकहरु

सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनावपछिको परिणाम एलोन मस्कका लागि वरदान बनेको छ। मस्कको कुल सम्पत्ति ३४७.८ बिलियन अमेरिकी डलर…

यद्यपि यो कल्पना गर्न गाह्रो छ, त्यहाँ कुनै केन्द्र - वा किनारा - हाम्रो ब्रह्माण्डमा छैन। ब्रह्माण्डको केन्द्र कहाँ छ…

नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न…

प्रतिकृयाहरू
...