Saturday 26th September 2026

भेरोसिल खोप लगाएका विदेशी कामदारहरु साउदी जान पाउने


तितोपाटी- नेपालमा चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप लगाएका कामदारले सहजै साउदी जान पाउने भएका छन् । साउदी सरकारले रोजगारीका लागि साउदी अरब जाने विदेशी कामदारले लगाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई पनि मान्यता दिएसँगै यो खोप लगाएका नेपाली कामदारलाई सहज हुने भएको छ ।

अब साउदी जाने कामदारहरूले भेरोसिल लगाएर जान पाउनेछन् । पहिले यो खोपलाई साउदीले मान्यता नदिँदा धेरै श्रमिकहरूले जोनसन एण्ड जोनसनका लागि नै पर्खिनुपरेको थियो ।साउदीले योभन्दा अगाडि फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मात्र मान्यता दिएको थियो । सिनोफर्मलाई मान्यता दिएसँगै साउदी सरकारले मान्यता दिएका खोपको संख्या ६ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...