Wednesday 12th November 2025

भेरोसिल खोप लगाएका विदेशी कामदारहरु साउदी जान पाउने


तितोपाटी- नेपालमा चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप लगाएका कामदारले सहजै साउदी जान पाउने भएका छन् । साउदी सरकारले रोजगारीका लागि साउदी अरब जाने विदेशी कामदारले लगाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई पनि मान्यता दिएसँगै यो खोप लगाएका नेपाली कामदारलाई सहज हुने भएको छ ।

अब साउदी जाने कामदारहरूले भेरोसिल लगाएर जान पाउनेछन् । पहिले यो खोपलाई साउदीले मान्यता नदिँदा धेरै श्रमिकहरूले जोनसन एण्ड जोनसनका लागि नै पर्खिनुपरेको थियो ।साउदीले योभन्दा अगाडि फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मात्र मान्यता दिएको थियो । सिनोफर्मलाई मान्यता दिएसँगै साउदी सरकारले मान्यता दिएका खोपको संख्या ६ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...