Tuesday 14th July 2026

बंगलादेशमा मन्दिर र हिन्दूहरुको पसलमा तोडफोड, १० जना पक्राउ


तितोपाटी- बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ ।

यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति पुगेको भन्नेबारे पुष्टि गरेको छैन । स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा शनिबार राति उजुरी दर्ता गरिएको र त्यसैका आधारमा गिरफ्तारी गरिएको जानकारी दिएको छ । प्रहरीले कुन धारा अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो भन्ने बारे पनि खुलाएको छैन । रुपसा प्रहरी थानाका अफिसर इन्चार्ज सरदार मोसर्रफले अहिले सो क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको बताए ।​

रुपसाका उपजिल्ला निर्वाही अभिसर र थानाका अफिसर इन्जचार्ज दुवैले दुई पक्षबीच बहस भएको बताएका छन् । शुक्रबार साँझ मस्जिदमा नमाज पढ्ने बेला हिन्दू समुदायका मानिसहरु गएर गीत गाएको विषयमा दुई समुहबीच विवाद भएको बताइएको छ । तर, दुवै अधिकारीले यसलाई गलत भनेका छन् । रुपसाका एक्जिक्यूटिभ अफिसरका अनुसार उनले यसबारे विवाद समाधान भइरसकेको र शनिबारको घटना योसँग नजोडिएको उनको दाबी छ ।

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

प्रतिकृयाहरू
...