Thursday 13th November 2025

बंगलादेशमा मन्दिर र हिन्दूहरुको पसलमा तोडफोड, १० जना पक्राउ


तितोपाटी- बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ ।

यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति पुगेको भन्नेबारे पुष्टि गरेको छैन । स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा शनिबार राति उजुरी दर्ता गरिएको र त्यसैका आधारमा गिरफ्तारी गरिएको जानकारी दिएको छ । प्रहरीले कुन धारा अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो भन्ने बारे पनि खुलाएको छैन । रुपसा प्रहरी थानाका अफिसर इन्चार्ज सरदार मोसर्रफले अहिले सो क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको बताए ।​

रुपसाका उपजिल्ला निर्वाही अभिसर र थानाका अफिसर इन्जचार्ज दुवैले दुई पक्षबीच बहस भएको बताएका छन् । शुक्रबार साँझ मस्जिदमा नमाज पढ्ने बेला हिन्दू समुदायका मानिसहरु गएर गीत गाएको विषयमा दुई समुहबीच विवाद भएको बताइएको छ । तर, दुवै अधिकारीले यसलाई गलत भनेका छन् । रुपसाका एक्जिक्यूटिभ अफिसरका अनुसार उनले यसबारे विवाद समाधान भइरसकेको र शनिबारको घटना योसँग नजोडिएको उनको दाबी छ ।

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...