Wednesday 12th November 2025

क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासको आग्रह


तितोपाटी- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू ।’ नेपालबाट विदेश यात्रा गर्नुपूर्व माथि उल्लेखित प्रि-इनरोलमेन्ट फाराम भरी नेपालमा आफूलाई पायक पर्ने स्थानमा खोप लगाउनुहुन र क्युआर कोडसहितको प्रमाणपत्र बोकी यात्रा गर्नुपर्ने बताइएको छ ।

नेपालमा नयाँ राहदानी बनाउने वा नवीकरण गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकहरूले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको भए https:// vaccine.mohp.gov.np/ मार्फत प्रि इनरोलमेन्ट फाराम भरी आफ्नो पायक पर्ने स्थानमा खोप लगाउन र क्युआर कोडसहितको खोप लिन दूतावासले निर्देशन दिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...