Sunday 27th September 2026

क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासको आग्रह


तितोपाटी- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू ।’ नेपालबाट विदेश यात्रा गर्नुपूर्व माथि उल्लेखित प्रि-इनरोलमेन्ट फाराम भरी नेपालमा आफूलाई पायक पर्ने स्थानमा खोप लगाउनुहुन र क्युआर कोडसहितको प्रमाणपत्र बोकी यात्रा गर्नुपर्ने बताइएको छ ।

नेपालमा नयाँ राहदानी बनाउने वा नवीकरण गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकहरूले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको भए https:// vaccine.mohp.gov.np/ मार्फत प्रि इनरोलमेन्ट फाराम भरी आफ्नो पायक पर्ने स्थानमा खोप लगाउन र क्युआर कोडसहितको खोप लिन दूतावासले निर्देशन दिएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...