Sunday 28th December 2025

‘हेलमेट लगाउनुस्’ भन्दा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार


तीतोपाटी डटकम-पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले रातोपाटीसँग भने–‘प्रहरीमाथि हातपात भएको अवस्था छैन तर, बोलीचाहिँ छुद्र थियो ।’

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...