Friday 21st August 2026

कविताः व्यथा -कुंज देवी उपाध्याय


कालो बादलले आकाश छोपेको दिन
म आफ्नै आँखा खोज्दै
छटपटाउदै
घुमिरहन्थे
तिम्रो यात्राको
सहभागी बन्न नसकेर
बिस्तारै
भित्र पस्न लागे
हराउँन लागे झै डर लाग्यो
ओठ सुक्दै आए
आवाज हरायो
एउटा श्राप परेको ढुंगो झै
एकै ठाउँमा मेरो ठेगाना लेखियो
जिन्दगी को
जताततैबाट डरलाग्दा आवाज़ आए
मन कम्पमान हुन लाग्यो
तिम्रो उपस्थिति को झझल्कोमा
रात्रि को अँध्यारोमा आफ्नु कलेजो छाम्दै
सोचेंँ
म जिउॅदैछु?

हो त,

धड़कन बाँकी छ शरीरमा
मर्नुको निम्ति जिँउदो हुनु पर्छ
प्रतिध्वनि आउँछ आफनै श्वास को भित्ता मा ठोकिएर
यादको सहारा मा
मृत्युको प्रतिक्षा गर्दै
व्यथाहरु पालन गर्ने जिउदो लाश हो एक्लो पन।

कुंज देबी उपाध्याय
शिवसागर।
आसाम , भारत।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...