Thursday 23rd July 2026

अमेरिकाबाट खोप भोली आइपुग्ने


तितोपाटी- अमेरिकाले कोभ्याक्स अन्तर्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन् । उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकाले जोनसोन एण्ड जोनसोनको खोप नेपालका लागि उपलब्ध गराएको हो। यो खोप एक डोज मात्र लगाएमा कोभिड १९ विरुद्ध काम गर्ने भएकोले खोप लाभदायी भएको परिवार कल्याण समितिले जनाएको छ।

सल्लाहाकार भट्टराईले नेपालमा कोभिडसिल्डको पहिलो डोज खोप लिएर दोस्रो डोजको पर्खाइमा रहेका करिब १४ लाख जनसंख्याका लागि पनि खोप छिट्टै उपलब्ध गराउने स्थिति रहेको बताए। उनले खोप उपलब्ध गराउने कम्पनी सकरात्मक रहेकाले दोस्रो डोज छिट्टै दिन सकिने स्थिति रहेको बताए। उनले भने, ‘खोप दिने मुलुकहरूबाट सकरात्मक कुरा आएको छ, दोस्रो डोज पनि छिट्टै पाउनेछन्,’ उनले भने। तर खोप कुन मुलुकले कति दिने हो भन्नेबारेमा खुलाउन चाहेनन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि कोभिडसिल्डको दोस्रो डोज खोप आउने बताए। मन्त्री श्रेष्ठले पनि कुन देशबाट कति आउने भन्नेबारेमा खुलाउन चोहनन्। उनले भने, ‘सन् २०२१ भित्रैमा नेपालका बहुसंख्यक जनताले खोप लगाइसक्ने छन्’। प्रधानमन्त्रीका निजी सल्लाहाकार भट्टराईले विभिन्न मुलुकसित खोप लिने प्रयास भएको र केही मुलुकहरू नेपाललाई खोप उपलब्ध गराउन सकरात्मक भएकाले अबको खोप अभियान निरन्तर चलिरहने बताए। ‘अब खोप अभियान बीचमा रोकिने स्थिति छैन, हामीलाई केही देशहरू समयमै खोप दिन तयार छन्,’ उनले भने।

तर खोप दिने मुलुकहरूले हामीलाई खोप नेपालमा पुग्नु अघि जानकारी नदिने सर्त राखेका छन्,’ उनले भने। विश्व बजारमा खोप उत्पादक मुलुकमा खोप माग गर्ने मुलुकहरू बढी भएकोले उत्पादक देशबाहिर खोप बिक्री वितरण गर्दा अप्ठेरो परिरहेको भट्टराईको भनाइ छ। कतिपय मुलुकहरूले धनी राष्ट्र र विपन्न राष्ट्रहरूलाई खोपको मुल्यसमेत भिन्नै तोकेको हुनाले खोप खरिद प्रक्रियाबारेमा सूचना जानकारी नगराएको उनको बताए।

परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार कोभिसिल्डको सट्टा अष्ट्रजेनिका खोप लिएर दिने तयारी भइरहेको र त्योे पनि छिट्टै प्राप्त हुने तयारीमा रहेको बताए। खोपको मान्यताअनुसार दोस्रो मात्र १२ हप्ता पछि दिनुपर्नेमा पहिलो मात्रा लिएको १६ हप्ता भन्दा बढी समय बितिसकेको छ। अध्ययनले दोस्रो मात्रा ढिला गरी लगाउँदा पनि काम गर्ने अनुसन्धानले औल्याएको हुनाले चिन्ता गर्नुपर्ने बिषय नरहेको डा. गौतमको दाबी छ।

परिवार कल्याण महाशाखाका अनुसार नेपालमा हालसम्म भेरोसेल र कोभिडसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४ सय ८४ जनाले लिइसकेका छन् भने दोस्रो मात्रा ल४ लाख ६० हजार ७ सय ३४ जनाले लिइसकेका छन्। त्यसैगरी ७ लाख ८३ हजार ३ सय २३ जनाले भेरोसेलको पहिलो मात्र लिएका छन् भने ५ लाख ५६ हजार ८ सय ६२ जनाले दोस्रो डोज लिइसकेका छन्। नेपालमा कुल खोप लगाउनुपर्ने जनसंख्या २ करोड १७ लाख खोप लगाउनु पर्नेमा १८ लाख २८ हजार ४ सय ८४ जनाले पहिलो मात्र लिइसकेका छन्।

संक्रमण दर २० प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणदर २० प्रतिशत रहेको छ। एन्टिजेन र पिसिआर रिपोर्ट सहित २० प्रतिशत संक्रमणदर भएको हो। गत चौबिस घण्टामा परीक्षण भएका १० हजार ४ सय १७ वटा नमुनामध्येमा २१ सय ६९ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ९७ हजार २ सय ५७ जना पुगेका छन्। तीमध्येमा ४ लाख ४० हजार २ सय ५७ जना कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्।नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...