Wednesday 12th November 2025

कुवेतमा कोरोनाविरूद्धको खोप लगाउनेको संख्या २३ लाख भन्दा बढी


तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको ७ महीनामा २३ लाख ७५ हजार ४५५ जना भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन

२३ लाख भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्लाह अल सनादले बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ ।

डा. सनदले सबै मेडिकल, टेक्निकल र स्वैच्छिक टोलीका साथै सबै राज्य निकायहरूले गरेको सहयोगको प्रशंसा गर्दै उनले भने लक्षित क्षेत्रहरुलाई सेवा प्रदान निरन्तर दिने र सर्वसाधारणलाई स्वास्थ्य सावधानी अपनाउन र कोभिड-१९ को खोपका लागि दर्ता गर्न आग्रह गरे। डा। सनदले राम्रो परिणामका साथ यस महामारीबाट बाच्नको लागी खोप आवश्यक रहेको जनताले बुझी सकेको जनाएका छन।

कुवेतमा दैनिकरूपमा करिव १० हजार भन्दा बढ़ीले खोप लगाइरहेका छन। खोप लगाएकाहरूमध्ये कुवेती नागरिक र आप्रवासी नागरिक रहेका छन। कुवेतले कोरोनाविरुद्धको खोप आप्रवासीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा खोप लगाउने दिन एकिन गरी म्यासेज दिएर खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । खोप लगाएपछी तीव्ररुपमा फैलिएको कोराना भाइरसको संक्रमण नियन्त्रणमा सहज हुने कुवेतस्थित स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

कुवेत स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म झण्डै ८० प्रतिशतले खोप लगाई सकेको र २०२१ को अन्तिम सम्ममा कुवेतवासी सबैले खोप लगाईसक्ने बताएको छ।

यसैबीच कुवेतमा हिजो सोमवारको दिन कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १९७७ रहेको र सोमवार सम्म ३ लाख ६५ हजार ६४९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये ३ लाख ४५ हजार १०६ जना उपचारपछि निको भई घर फर्किएका छन् भने २ हजार २९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

अहिले कुवेत सरकारले ३६ वटा शाखाद्वारा खोप वितरण गरीरहेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...