Friday 23rd January 2026

कुवेतमा २०२१ यता ८ हजार जनालाई देश निकाला


तितोपाटी- कुवेतमा २०२१ यता अर्थात ६ महीना भित्रमा विभिन्न कारणले गर्दा करिब ८ हजार भन्दा बढी आप्रवासीहरुलाई कुवेत सरकारले देश निकाला गरेको छ।

कुवेतस्थित आन्तरिक मन्त्रालय तथा सुरक्षा प्रशासनका अनुसार आप्रवासीहरुले स्थानीय कानूनको उल्लंघन, आपराधिक घटनाहरू, ट्राफिक उल्लंघन र अन्य मुद्दाहरु सहित विभिन्न कारणले गर्दा देश निकाला गरिएको जनाएको छ।

पछिल्लो समयमा कुवेत आएका आप्रवासीहरुले अपराधिक क्रियाकलापमा संलग्न भएको अवस्थामा देश निकाला गर्ने कानूनलाई अझ कडा बनाएको छ।

अधिकारीहरूले भने कि शान्ति सुरक्षालाई कायम गर्न सुरक्षा अभियान देशभरी जारी रहेको र कुवेतमा वैधानिक रूपमा रहेका सम्पूर्ण आप्रवासीहरुलाई सुरक्षाकर्मीहरुलाई सहयोग पुर्‍याउन काम गर्न र कानुन उल्लंघनकर्ताहरु जोकोहिलाई लाई पनी ढाकछोप नगर्न आह्वान गरेको छ।

अलराई मिडियाले जनाए अनुसार देश निकालाको प्रतीक्षामा अहिले पनी केही देशका नागरिकहरु रहेका छन र उनीहरुलाई हाल बिमानस्थल बन्द रहेको कारणले पठाउन नपाएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...