Monday 22nd December 2025

आज कुन – कुन स्थानमा भारी वर्षाको सम्भावना ?


तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो ।

महाशाखाले आज बिहान देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । साथै, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भईरहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

@रातोपाटो डटकम


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...