Friday 23rd January 2026

राजधानी उपत्यकामा असार ३१ गते सम्मका लागि लम्बियो निषेधाज्ञा


तीतोपाटी – देशको राजधानी काठमाडाैं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

मंगलबारदेखि लागु हुने गरि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । अब सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी सार्वजनिक यातायात खुलाइएको हो । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । सभा, सम्मेलन, हल जिम, सैलुन, डान्सबारलगायत क्षेत्र भने अझै बन्द नै हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...