Sunday 27th September 2026

कुवेतमा कोभिड भ्याक्सिन नलगाएकाहरुका लागि को-अप र साना मार्केटहरुमा प्रबेश दिईने


हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोभिड भ्याक्सिन नलगाएका ब्यक्तिहरुका लागि जुन-२७,२०२१का दिनबाट ६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका सपिङ मलहरु, रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश निषेध गरे पनि को-अप(सहकारी) तथा साना मार्केट(६००० स्क्वाएर मिटर भन्दा कम क्षेत्रफल भएका)हरुमा भने प्रबेश दीने भएको छ।

बिशेष गरी कुवेत सरकारले सस्तो र सुलभ मुल्यमा अत्याबश्यक सामाग्रीहरु उपलब्ध गराउने उध्येश्यले आफ्नै निगरानीमा रहने गरी को-अपरेटिभ सोसाइटी(सहकारी)हरुलाई कुवेतको चोक-चोकमा खोलेको छ।यसरी खोलिएको को-अपहरुमा माछा-मासु, तरकारी,खाद्य पदार्थ तथा अत्याबश्यक सामाग्रीहरु पाइने गर्छ।

खास गरी कोभिड भ्याक्सिन लगाउन नाम दर्ता गराएर पालो कुरिरहेका नागरिक तथा आप्रबासीहरु र करिब २ लाखको हाराहारीमा रहेका अनडकुमेन्टेड(अबैधानिक) आप्राबासीहरुका लागि कुवेत सरकारको यो निर्णयबाट केही राहत मिल्ने अरबटाइम्समा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...