Saturday 26th September 2026

ओमानले परिवर्तन गर्‍यो भिसासम्बन्धी नियम, भिजिट भिसामा गएकाले वर्क पर्मिट लिन सक्ने


तितोपाटी- ओमन सरकारले विदेशी नागरिकका हकमा ‘वर्क भिसा’सम्बन्धी नियम परिवर्तन गरी नयाँ व्यवस्था लागू गरेको छ । अब ओमनमा भिजिट भिसामा गएका विदेशी नागरिकले वर्क पर्मिट लिन सक्ने छन् । ओमान सरकारले रोयल ओमन प्रहरी (आरओपी) घोषणा गरेसँगै भिजिट भिसामा प्रवेश गरेका विदेशी नागरिकले वर्क पर्मिट लिनका लागि आवेदन दिने बाटो खुलेको हो ।
विदेशीको लागि लागू हुने गरेको आवासीय कानुन (फरेनर्स रेसिडेन्स) मा व्यवस्था गरिएबमोजिम भिसा ‘वर्क भिसा’ वा अस्थायी ‘वर्क भिसा’ मा रुपान्तरण हुन सक्नेछन् । सिङ्गल तथा मल्टिपल इन्ट्री बिजनेस भिसा, जीसीसी देशका नागरिकलाई जारी गरिएको भिसा, एकल प्रवेश पर्यटक (सिगंल इन्ट्री टुरिस्ट) भिसा १० दिन वा १ महिनाको वैध–अवैध भएको र एक्सप्रेस भिसा (लगानीकर्ता), विद्यार्थी भिसा र जहाज तथा क्रुज जहाजमा यात्रा गर्ने यात्रीहरूको भिसाले वर्क प्रर्मिटका लागि आवेदन लिन पाउने छन् ।
कोरोनका कारण विदेशी नागरिकका हकमा यस्तो सुविधा दिएको ओमानको विदेश मन्त्रालयले जनाएको छ ।

-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

पाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ। शनिबार…

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो…

प्रतिकृयाहरू
...