Tuesday 22nd September 2026

मलेसियामा भ्यान दुर्घटना : एक नेपालीको घटनास्थलमै मृत्यु, नौ जना नेपाली गम्भीर घाइते


तितोपाटी- मलेसियामा भएको सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । बुधवार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसियामा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो । दुर्घटना जोहरबाहरूमा भएको हो । सो दुर्घटना बुधवार विहान पौने ८ बजे आसपास भएको जनाइएको छ ।

दुर्घटनामा परी भ्यान चालक तथा एक नेपालीको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । सो भ्यान रोड डिभाइडरमा ठोक्किएर पल्टिन पुगेको स्थानीय प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । घाइतेहरूलाई सुल्तान अमिन अस्पतालमा राखिएको छ ।दुर्घटनामा परेको नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिइरहेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । हाल घाइते नेपालीको उपचार भइरहेको र थप उपचारका लागि पहल गरिरहेको दूतावासले जनाएको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...