Tuesday 15th September 2026

इराकसँग खेल्दै नेपाल


तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज (शनिबार) इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताईरीले यसपटक नेपाली टिममा युवा खेलाडीलाई स्थान दिएका छन् । नेपाली टोलीमा हाल ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन् ।
उनीहरुले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछन् ।
नयाँ खेलाडी स्थान दिएका अलमुताईरीले यो पटक टोलीको प्रदर्शन उत्कृष्ट हुने बताएका छन् । नेपाली टोलीमा आफूले दिएको परिवर्तनलाई पछि आउने खेलका लागि राम्रो हुने उनको दाबी छ ।
आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न लागेको नेपालले अहिले सुखद नतिजा निकाल्ने योजना बनाएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक माथिल्लो स्तरमा छ ।
फिफा वरीयतामा इराक नेपालभन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । यता, नेपाल र इराकबीचको हालसम्मको नतिजा हेर्ने हो भने इराक हावी छ । नेपालले इराकसँग तीन खेल खेलेको छ । जसमा नेपाल पराजित छ ।
नेपालले हाल सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा विश्वकप छनोट अन्तर्गत इराक समूह ‘सी’मा छ । इराकले ५ खेल खेल्दै ११ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको बहराइन ९, इरान ६, हङकङ ५ र कम्बोडियाको १ अंक छ । नेपालको भने विश्वकप छनोटको सम्भावना समाप्त भइसकेको छ । समूह ‘बी’को चौथो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग खेल्ने छ ।- बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...