Thursday 23rd July 2026

बहराइनद्वारा नेपालसहित एसियाका पाँच देशका यात्रुलाई प्रतिबन्ध


तितोपाटी- बहराइनले नेपालसहित एसियाली पाँच देशका नागरिक प्रवेश निषेध गरेको छ।गत में २४ तारिक देखी लागु गरिएको उक्त नियम अर्कों सूचना जारी नहुन्जेल निरन्तर रहने छ। एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो।

कोरोनामहामारी फैलिएका देशहरुलाई रेड लिष्टमा राखेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ। तर, आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पीसीआर रिपोर्ट देखाउनु पर्नेछ। यस्तै, कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ।रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाइ छ। क्वारेन्टाइन वा पीसीआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...